अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-०८-०२
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्राम सहित इटहरी उपमहानगरपलिका-२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८२०५ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक गोबिन्दलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।