बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०८-१२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्चर नगरपालिका-६ बौद्ध बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ घर भएका ३० वर्षीय मिङमार शेर्पालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्चर नगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।