नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-१०-२४
- A
- A-
- A+
तनहुँ, आबुँखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम र २५ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र म्याग्दी बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहोरा (सार्की) रहेका छन् । प्र.३-०१-००१ प १६३१ नम्बरको बसलाई बेनिटारस्थित सडकमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।