प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ तिनचुलीबाट स्रोत नखुलेको नगद १८ लाख १६ हजार ५ सय रूपैयाँ सहित सोही महानगरपालिका-६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार