प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२-०८-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा “Limit the Speed, Save The life” भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गर्नुभयो ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्‍लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका-५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१ रानीवनबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।