प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०८२-०८-१९

  • A
  • A-
  • A+
Share

रूपन्देही, गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार