प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-०८-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार