अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०८-२२
- A
- A-
- A+
कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सायर घिमिरे, २१ वर्षीय सुशिल घिमिरे र २२ वर्षीया पूर्णीमा पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने मोरङ विराटनगर महानगरपालिका-१ घर भएका १९ वर्षीय निरज मुखियालाई अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र डाईक्लोमाइन २६ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ मनकामना चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-१० बस्ने २९ वर्षीय बिरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मनाही टोलबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय रामनाथ यादव र भारत बिहार सुपौल बिरपुर-३ घर भएका १९ वर्षीय भुषण कुमार यादव रहेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित तिला गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२१ बस्ने २४ वर्षीय गोलु बढईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले भे.१ ह ९५१० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गोलुलाई पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ भुल्केधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय देव लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-६ खोलेसिमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय सन्जय गैरे र सोही नगरपालिका-२ बस्ने २८ वर्षीय राजन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२० प ३६६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।