अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०८-२२
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ८ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २७ वर्षीय पन्चे तामाङ र ३० वर्षीय अपिल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्राम सहित दमक नगरपालिका-१ बस्ने ३० वर्षीय रोशन भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।