स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-०८-२३
- A
- A-
- A+
सिराहा, बरियारपट्टी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित सोही गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।