प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-०८-२२

  • A
  • A-
  • A+
Share

सिराहा, बरियारपट्टी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित सोही गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिनेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार