प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ

२०८२-०८-२३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय बिष्णु गुरूङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.५५ प ६८८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० हजार ५ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-६ बस्ने १९ वर्षीय रामहरी मगर र सिद्धलेक गाउँपालिका-७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बा.प्र.०८-००१ ज ०११७ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१७ अलौ बस्ने २४ वर्षीय बिशाल कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ बालुवाटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण बहादुर साउदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कर्मीडाँडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धन बहादुर चौधरी रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७ सय २० मिलिग्राम सहित विदेह नगरपालिका-१ ठाडी बस्ने ४१ वर्षीय अशोक कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले भोईलबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ९१७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरूवा अहमद र भारत बहराइच बस्ने २५ वर्षीय तोहिद खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, बुप्रेनोर्फिन ३१ एम्पुल र फेनारगन ३१ एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा शहिद लखन गाउँपालिका-३ बस्ने २८ वर्षीय निर्मल बस्याल र तनहुँ आँबुखैरेनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय पृतम लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० लाहुरे टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६२ ग्राम २ सय ९० मिलिग्राम सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-३२ टेडा घर भएका १९ वर्षीय रैफुल्लाह मिया ठकुराई, १९ वर्षीय प्रवेज अन्सारी, १८ वर्षीय किशोर, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, सोही महागनरपालिका-२१ पार्वतीपुर बस्ने ३६ वर्षीय भीम प्रसाद तामाङ, ३२ वर्षीय मनोज विक, सोही महानगरपालिका-४ त्रिचोक बस्ने २१ वर्षीय सरोज योञ्जन तामाङ र पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने २३ वर्षीया आईषा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिमरा फारमेसगंज गाउँ पञ्चायत-१४ बस्ने ३० वर्षीय सुरज कुमार सोनी र २५ वर्षीय केशव कुमार सोनी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बिआर ३८ टि ३५९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ४१ वर्षीय राकेश यादव र भारत बिहार जोगवनी थाना इन्द्रपुर बस्ने २६ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले हुलासबाट दरैयातर्फ जाँदै गरेको को.२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५८ ग्राम १ सय ४० मिलिग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ बस्ने ३४ वर्षीय दावा लामा होल्मोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-२६

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ७० मिलिग्राम सहित मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरुवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय जेम्स राई र सोही उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को. ३१ प ३२५५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक जेम्स र मोटरसाइकलमा सवार सिद्धार्थलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा. ७६ प १७१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ९ सय १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने ३३ वर्षीय सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय सन्तवीर मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह २०७६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी अटो चालक सन्त सिंह र अटोमा सवार सन्तवीरलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने ३१ वर्षीय प्रतिक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय बिवेक चौधरी, सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २५ वर्षीय नमराज बराईली र २७ वर्षीय छत्र बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका-२ परागिपुर बस्ने २७ वर्षीय रमेश दर्लामी मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने २८ वर्षीय गोबिन्द सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४ सय ८२ एम्पुल, डाईजेपाम ४ सय ६० एम्पुल र फेनारगन ४ सय ८१ एम्पुल सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-२६

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय ३० ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरोजलाई ६ किलो ४ सय ५० ग्राम र मधेश प्रदेश ०३-०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७ सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२५

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिबेणी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २ किलो ५८ ग्राम सहित सोही ठाउँ बस्ने ६९ वर्षीय डम्बर बहादुर शाही समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले डम्बर बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ८० मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने ३२ वर्षीय पासाङ छिरिङ काजीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३८ प ६९२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत उत्तर प्रदेश सिद्वार्थनगर बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट भारत सिद्धार्थनगर वढनी बस्ने २३ वर्षीय दिपेन्द्र कश्यपलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२-११-२४

मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन राना समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।