प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न दुई जना पक्राउ

२०८२-०८-२६

  • A
  • A-
  • A+
Share

          कास्की, पोखरा महागनरपालिका-१० रामघाट बस्ने सोही महानगरपालिका-१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३२ वर्षीय हरिराम बुर्लाकोटी र पोखरा महानगरपालिका-१० बस्ने पाल्पा रामपुर नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल रहेका छन् । 

पोखरा महानगरपालिका-१२ स्थित ढिकालेथर शिव मन्दिर नजिकै रमेशको शव बिहीबार बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये कृष्ण बहादुरलाई पोखरा महानगरपालिका-१० बाट बिहीबार र हरिरामलाई सोही महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । 

  उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।