अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०८-२७
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय बाबु लामा र भक्तपुर मध्यपुर थिमि नगरपालिका-६ बस्ने सर्लाही घर भएका ३२ वर्षीय रोशन घलान रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले रोशनको कोठा तलासी गर्दा फेनारगन ४ सय ४५ एम्पुल, डाईजेपाम ४ सय ४५ एम्पुल र बुप्रेनोर्फिन ४ सय ४५ एम्पुल फेला पारी बरामद गरेको छ ।
धनकुटा, धनकुटा नगरपालिका-७ बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ८० ट्याब्लेट, ट्रामाडोल २ सय ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय अनिष राई र सोही उपमहानगरपालिका-२ बस्ने २० वर्षीया युनिशा तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ४ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ रैका टोल बस्ने २३ वर्षीय विकास सेवा र सोही उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय प्रदिप योगी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले विकासलाई १ ग्राम १ सय ८० मिलिग्राम र प्रदिपलाई ५ ग्राम ९ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र बुप्रेनोर्फिन ४८ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१३ बाँझापाटन बस्ने २७ वर्षीय प्रबिन विश्वकर्मा र २४ वर्षीय अमित विश्वकर्मा रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ५७६५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय ८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ कोलडाँडा बस्ने २० वर्षीय दिनेश अधिकारी, सोही नगरपालिका-२ टेम्पो पार्क बस्ने २४ वर्षीय बिपिन राना र २१ वर्षीय बिशाल थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भे.७ प ११७४ नम्बरको स्कुटरमा सवार दिनेशलाई १४ ग्राम तथा बिपिन र बिशाललाई ४ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २२ हजार २ सय २५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित थारू समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.प्र ०३-००१ प ३५६९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१८ शशीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुजन न्यौपानेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ गैरीटोलबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ३ सय ग्राम सहित सोही महानगरपालिका-१२ बस्ने ५२ वर्षीय ज्ञान बहादुर विक समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा करिब ३१ किलो ५ सय ९० ग्राम सहित लालबन्दी नगरपालिका-१४ बस्ने २५ वर्षीय मान बहादुर ठोकरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीले प्र.१-०२-०५२ प ३५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनामा संलग्न १ जनालाई समेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर वेलका नगरपालिका-९ रामपुर बस्ने ३१ वर्षीय कमलेश बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।