नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८२-०९-०२
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-१६ विशाल मार्ग बस्ने २८ वर्षीय संजय तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६७ ट्याब्लेट र स्पास्पेन ५ सय ७२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।