चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ चप्पल कारखाना बस्ने सोही महानगरपालिका-२९ डिल्लीबजार घर भएका ७७ वर्षीय शोभन शम्शेर जबरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ पुस ५ गतेको फैसलाले उक्त मुद्दामा २ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।