अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२६ ठमेलबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ६३ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१६ बस्ने ३९ वर्षीय रन्जोक उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित डडेल्धुरा अमरगडी नगरपालिका-५ घर भएका २३ वर्षीय सुशान्त धानुकलाई बिहीबार बिहान पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-५ खेरूवा कुपटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धिरज न्यौपानेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२६ ज्योतीनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित सोही महानगरपालिका-२५ रातापुर बस्ने ३४ वर्षीय सुजन खड्कालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना. ५० प ९६९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोपाल राजबंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-६ बस्ने ३५ वर्षीय बिर बहादुर पौडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित लमजुङ दोर्दी गाउँपालिका-९ बस्ने १९ वर्षीय लक्ष्मण बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा.प्र ०६-००१ ज ०४७२ नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-७ पिपलगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम,डिजिटल तराजु १ थान र नगद ३ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिशाल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट नियन्त्रित लागूऔषध डिकोलिक ३ हजार ७७ ट्याब्लेट र स्पास्पेन ५ हजार १ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, रम्भा गाउँपालिका-३ सीतापहाडबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४४ एम्पुल, बुप्रेनोर्फिन ४४ एम्पुल र फेनारगन ४४ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३० वर्षीय जयदेव विक र सोही महानगरपालिका-२७ बस्ने २७ वर्षीय अजित परियार रहेका छन् । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग. ५ प ८३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ भञ्ज्याङ बस्ने २२ वर्षीय निसान प्रजा र सोही नगरपालिका-१२ यउरालीटार बस्ने २२ वर्षीय सागर प्रजालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना. ६ ख १६१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । \
रूपन्देही, सिद्धार्थनगर गाउँपालिका-९ गोनहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-१ बस्ने १९ वर्षीय अभिसन क्षेत्री, सोही नगरपालिका-८ प्रदिपनगर बस्ने १९ वर्षीय रोहित कुमाल, सोही नगरपालिका-७ सेमरा बस्ने २० वर्षीय प्रज्जवलन गुरूङ र सोही नगरपालिका-५ नयामिल बस्ने २० वर्षीय सुदिप पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ प्रर्साहवाबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ७४ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भादेवी थारू र ललिता चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूको घर खानतलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।