जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
भक्तपुर, भक्तपुर नगरपालिका-७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-३ बर्मस्थान बस्ने ५२ वर्षीय नन्दराज गुरूङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा नन्दराज र सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय तेज बहादुर चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ८ सय ८५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।