कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट कटुवा पेस्तोल १ थान सहित बारा सुवर्ण गाउँपालिका-१ बस्ने १९ वर्षीय ओम बाबु प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २७५ नम्बरको बसमा सवार उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।