अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
काठमाडौं, ५ पुस
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने ३१ वर्षीय लक्ष्मण वन र २८ वर्षीय गजेन्द्र रावल रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, कविलासी नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-२ बस्ने हरिपुर्वा नगरपालिका-७ बस्तपुर घर भएका ३२ वर्षीय सुनिल कुमार यादव र लालबन्दी नगरपालिका-७ बस्ने ३२ वर्षीय करण यादव रहेका छन् । प्रहरी चौकी कविलासीबाट खटिएको प्रहरीले बिआर ३० एएफ १७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ विशाल मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ३ सय ट्याब्लेट र स्पास्पेन ३ हजार ५ सय १८ ट्याब्लेट सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सचिन राई, २० वर्षीय सौरव राई, सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय अशविन लिम्बु, सोही उपमहानगरपालिका-१७ बस्ने २५ वर्षीय संजय खड्का र २५ वर्षीय सुजन राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले सचिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बस्ने ३२ वर्षीय धिरेन्द्र कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.१८ प ९२३८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५५ ग्राम १ सय ६० मिलिग्राम र नगद २ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ बस्ने ३५ वर्षीय अनिल कार्की र कोशी गाउँपालिका-८ बस्ने २० वर्षीय मो.जईसुल अबदिन रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-४८ प ४४७८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२५ नख्खुडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय सर्विन रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुङमतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४५ ग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१९ बिन्दवासिनी बस्ने ३० वर्षीय शम्भु रावत कंकड, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर, बहुदरमाई नगरपालिका-१ बस्ने ४० वर्षीय राज किशोर मिश्रा र भारत बिहार मोतिहारी छटौनी थाना-६ बस्ने २७ वर्षीय सचिन सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ नरसिंह बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ टेलिभिट्टा बस्ने २५ वर्षीय नारायण राजबंशीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित विर्तामोड नगरपालिका-१० बस्ने इलाम सूर्योदय नगरपालिका-१२ घर भएका ३३ वर्षीय अनिल प्रधानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।