हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०९-०७
- A
- A-
- A+
भक्तपुर, भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पुर्ण ठकरीको हत्या गरेको अभियोगमा सोही घरमा ज्यामी काम गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका-३ घर भएका २७ वर्षीय याखा राई भन्ने संजिब राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
संजिबले कुटपिट गर्दा पुर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।