अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०९-०७
- A
- A-
- A+
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ गैरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट, एनार्गन २ सय ७० ट्याब्लेट, भोमिन १ सय ट्याब्लेट र नगद १० हजार ९ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट नियन्त्रित लागूऔषध स्पास १ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय कृपा शंकर उपाध्यायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपलिका-६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २७ वर्षीय मोहन ऐर र बझाङ बित्थडचिर गाउँपालिका-७ सोनकुण्डा बस्ने २८ वर्षीय मुकुन्द जोशी रहेका छन् । इलाक प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने २७ वर्षीय तिलक राना मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाँउबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, खजुरा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौली समेतबाट खटिएको प्रहरीले सोही ठाउँ स्थित तुल प्रसाद थापाको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी सितारामलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार तुल प्रसादको खोजी गरिरहेको छ ।
दाङ, लमही नगरपालिका-५ लमही बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम २ सय ९० मिलिग्राम सहित रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ बस्ने २६ वर्षीय सुजन परियारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ बस्ने २७ वर्षीय बिबेक बुढामगर र भुमे गाउँपालिका-२ बस्ने २८ वर्षीय बिकाश पुन मगरलाई घोराही उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको छ ।
यसैगरी दाङ, राप्ती गाउँपालिका-५ कालापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजी बस्ने ३८ वर्षीय ईमरान सिद्दिकी हलवाई र सोही उपमहानगरपालिका-८ ज्वलाहापुर बस्ने ३८ वर्षीय नुरूद्दिन अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-६ बस्ने २३ वर्षीय महफुल आलम समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खानीखेतबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५१ प २२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, औरही नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय ७४ एम्पुल, बुप्रेनोर्फिन ४ सय ८४ एम्पुल र प्रोमेथाजाइन ४ सय ७८ एम्पुल सहित सम्सी गाउँपालिका-६ बस्ने २१ वर्षीय शेष तनबिर समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशाला समेतबाट खटिएको प्रहरीले रामगोपालपुरबाट बर्दिवासतर्फ जाँदै गरेको बीआर ३० एओ २२८५ र बीआर २० डब्लु ०३२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुवै मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बुढीगंगा गाउँपालिका-२ शिवम पेट्रोल पम्प नजिकै सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डाइक्लोमाइन ४ सय ५० ट्याबलेट सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन तामाङ समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल नेमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।