जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५० वर्षीय चैतराम थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा चैतराम समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७९ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।