जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
पाल्पा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झंकु रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।