अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
चितवन, माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट सहित सोही नगरपालिका-२ भैरवपुर बस्ने ३७ वर्षीय गणेश गुरूङ भन्ने बुद्धिमान गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ मनकामना टोलबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ मनकामना टोल बस्ने २८ वर्षीय उमेश तामाङ र सोही महानगरपालिका-११ विशाल चोक बस्ने गोरखा घर भएका २३ वर्षीय सिजन रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यलाय चितवनबाट खटिएको प्रहरीले बा.प्र ०३-००४ प १९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।