अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०९-०९
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-१० गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने धादिङ निलकण्ठ नगरपालिका-५ घर भएकी १९ वर्षीया रीना अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-९ मनमैंजुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-३ घर भएका ३४ वर्षीय केदार केसी र टोखा नगरपालिका-८ बस्ने सर्लाही बाग्मती नगरपालिका-१० घर भएका ३४ वर्षीय सुशिल ठकुरी रहेका छन् । प्रहरी वृत्त बलाजु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ ब्रहम्पुरी चोक डेरा गरी बस्ने ४० वर्षीय रामपृत साहलाई अवैध लागूऔषध गाँजा ४ किलो २ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया द्रोपती राना समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले द्रोपतीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने २१ वर्षीय राजेश थारू र २३ वर्षीय ईन्द्र बहादुर थारू रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित लम्किचुहा नगरपालिका-४ कौवापुर बस्ने २६ वर्षीय सुनिल मल्ललाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ८१३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१४ मान्द्रेढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम १ सय ९० मिलिग्राम , नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ३९ एम्पुल, डाइजेपाम १ सय ३४ एम्पुल, फेनरागन २ सय ५३ एम्पुल, नगद १ लाख १४ हजार ७ सय ६० रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बागलुङ गल्कोट नगरपालिका-२ घर भएका ३० वर्षीय सगुन कार्की र पोखरा महानगरपालिका-१५ स्यानेपाटन बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-२ घर भएका २५ वर्षीय सुबिन गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ४ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भएका २८ वर्षीय अयोध्या प्रसाद बर्मा, २५ वर्षीय विश्वजीत सिंह, २६ वर्षीय रामराजा यादव, २३ वर्षीय सोनु कस्यप र २४ वर्षीय तस्लीम खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ मितेरी पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय टिका राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ स्थित दुई नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका-७ बस्ने २० वर्षीय कृष्ण कटुवाल र झापा दमक नगरपालिका-१० बस्ने ३१ वर्षीय टाइसन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्रा गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।