अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-०९-०९
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५१ ग्राम सहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने ३४ वर्षीय लाक्पा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।