अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०९-०९
- A
- A-
- A+
काठमाडौं, १० पुस
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ पनेरूटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७२ एम्पुल, प्रोमेथाजाइन ७२ एम्पुल, बुप्रेनोर्फिन ७२ एम्पुल र ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-२५ घर भएका २४ वर्षीय साजन पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-८ बटनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-५ स्याउलीनगर बस्ने २८ वर्षीय दिनेश शाही समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-४ भल्का बस्ने २२ वर्षीय रमेश नेपालीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम र नगद ४७ हजार रूपैयाँ सहित ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने मोरङ घर भएका ३० वर्षीय बिशाल तामाङ, सोही उपमहानगरपालिका-७ बस्ने भारत सुपौल ईसानपुर घर भएका २० वर्षीय बिकाश कुमार, सोही उपमहानगरपालिका-३ बस्ने २१ वर्षीय राजु दास र सोही उपमहानगरपालिका-१० बस्ने झापा भद्रपुर घर भएका २७ वर्षीया अनु साह रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सिराहा नरहा गाउँपालिका-४ बस्ने २२ वर्षीय मिसनराज यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२-००६ प ००८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २८ वर्षीय हरि लामा, सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय धन बहादुर विक र १९ वर्षीय मनिष देवकोटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका-२ बाट अवैध लागूऔषध गाँजा ३ किलो १ सय २५ ग्राम सहित भारत बिहार पश्चिम चम्मपारण ग्राम पन्चायत नरकटिया-११ बस्ने २५ वर्षीय सोमित कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले बिआर २२ बिएल ०६३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र नगद १५ हजार २ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीया पुर्णिमा गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-८ सैनिकमोड बस्ने १९ वर्षीया साहारा श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।