अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०९-११
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी घर भएका २४ वर्षीय देब बहादुर विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ००१-००६ ख ९८८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका- ७ दुर्गापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ४१ वर्षीया सम्झना श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ दानाबारी बस्ने ३१ वर्षीय सन्देश राई र ४६ वर्षीय टेक बहादुर लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०३००१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बाह्रदशी गाउँपालिका-२ जनता चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित भारत बिहार किशनगंज धातोला पन्चायत-२ खरौल टोल बस्ने २२ वर्षीय मो.नाजिरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-५ कुलुवापुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय २१ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ८ सय ग्राम र नगद २८ हजार ६ सय १६ रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकी र २० वर्षीय मान बहादुर विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९० ट्याब्लेट सहित बन्दिपुर गाउँपालिका-५ याम्पाफाँट बस्ने २२ वर्षीय सूर्य नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६६९० नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-२ भैसकुण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४३ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-४ बुलकडिहवा बस्ने ३० वर्षीय अब्दुल कासिमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एयु ०७२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-२ टनकपुर बस्ने ३७ वर्षीय किसिमलाल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ६० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने ३३ वर्षीय संजिव कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महागनरपालिका-३ नालामुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ९८ ट्याब्लेट र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० रामबजार बस्ने पर्वत घर भएका ४० वर्षीय सुरेन्द्र गुरूङ र सोही महानगरपलिका-८ डेरा गरी बस्ने बारा घर भएका ३० वर्षीय सलमान खान रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोल बस्ने ३१ वर्षीय निरज गुरूङ र उनकै श्रीमती २५ वर्षीया सुमता राईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपलिका-७ श्रीजंग मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ७० ट्याब्लेट र स्पास्पेन ५ सय ५० ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संसार थापा, सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय सन्देश लिम्बु र सोही उपमहानगरपालिका-७ बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।