अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-०९-११
- A
- A-
- A+
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने २२ वर्षीय प्रेम परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।