प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

ललितपुर, १२ पुस 

ललितपुर महानगरपालिका-५ सातदोबाटोस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने ६३ वर्षीय मोहन कुमार राई समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ६ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार