अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०९-१३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ४ सय ६० मिलिग्राम र नगद १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं लोलाङ बस्ने धादिङ घर भएका २६ वर्षीय बिक्रम परियार र बुढानिलकण्ठ नगरपालिका-४ ठुला गाउँ बस्ने २७ वर्षीय सगरमाथा तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र ०२-०३८ प ७०७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित सुनसरी रामधुनी नगरपालिका-२ बस्ने २३ वर्षीय आभास शर्मालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ००१-००६ ख ९८८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, कोल्हवी नगरपालिका-१ कोल्हवी बजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ६० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने ३२ वर्षीय राजेश साह, २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन् । इलाका प्रहरी कार्यालय कोल्हवी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले प्र.२-०३-००५ प ६३१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-२१ लकडिगोठबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी तिनवाही ग्राम पचायत बस्ने २० वर्षीय विवेक यादव र २० वर्षीय दिपक यादव रहेका छन् । प्रहरी चौकी लकडिगोठसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ बीडी १३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।