जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०९-१३
- A
- A-
- A+
रूपन्देही, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१७ रानीगंज डेरा गरी बस्ने काभ्रेपलाञ्चोक कुशादेवी गाउँपालिका-७ घर भएका ३८ वर्षीय प्रकाश घिमिरेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।