स्रोत नखुलेको रकम सहित पक्राउ
२०८२-०९-१३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।