अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु मंगल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-२ घर भएका २४ वर्षीय धन बहादुर विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने ३० वर्षीय सन्जय राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरीले सिक्टिबाट झपडतलतर्फ जाँदै गरेको को.१३ प ९४५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-२ शान्तिबजार बस्ने २५ वर्षीय लाल बहादुर विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ गणतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित सोही ठाउँ बस्ने ३६ वर्षीय लक्ष्मण गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।