करिब ५ सय २१ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
मोरङ, केराबारी गाउँपालिका-५ लाफा टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय २१ किलोग्रम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-६ बस्ने ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका-२ बस्ने २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक निश्चल र एम्बुलेन्समा सवार खगेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।