प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

भक्तपुर, १५ पुस  

सूर्यविनायक नगरपालिका-५ सल्लाघारी डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोपाल बहादुर समेत १४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार २ सय ६० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार