स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
धनुषा, १५ पुस
जनकपुरधाम उपमहानगरपालिका-४ माछा बजारबाट स्रोत नखुलेको रकम १० लाख ३ हजार ८ सय ५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने महोत्तरी एकडारा गाउँपालिका-४ घर भएका ३५ वर्षीय रंजित कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीको उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गर्ने म.प्र.०२-००९ प ०५४३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।