अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०९-१६
- A
- A-
- A+
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ शंखपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्राम सहित भारत अररिया पिठौरा पञ्चायत-१ बस्ने २८ वर्षीय मोजाहिद मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-३ चाप पानी ट्याङ्की छेउबाट नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित सोही ठाउँ बस्ने ३४ वर्षीय चक्र गौतमलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।