स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८२-०९-१७
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१० मकालु चोकबाट स्रोत नखुलेको नगद ६ लाख ७१ हजार ९ सय ५० रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ छप्कैयामा बस्ने भारत बिहार बेतिया बैरिया थाना-८ मथौली घर भएका ५० वर्षीय अनवर मिया, २२ वर्षीय महमद कैफ अहमद र भारत बिहार मोतिहारी थाना दरपा ग्राम पञ्चायत गम्हरियाकला-३ बस्ने ४८ वर्षीय फूल महमद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर २२ एच ६३३८ नम्बरको मोटरसाइकलमा सवार अनवर र महमदलाई स्रोत नखुलेको नगद ४ लाख ३० हजार ९ सय ५० रूपैयाँ तथा लु.४१ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार फूल महमदलाई २ लाख ४१ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।