हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०९-१७
- A
- A-
- A+
भोजपुर, टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६२ वर्षीय थाम प्रसाद राईको हत्या गरेको अभियोगमा उनकै भतिज ४१ वर्षीय सोम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोमले थाम प्रसादको मंगलबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।