प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

सर्लाही, मलंगवा नगरपालिका-९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका-७ सक्रौल बस्ने २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।

 प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार