प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारू समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५६ हजार २ सय ९० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार