जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०९-२८
- A
- A-
- A+
म्याग्दी, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
फरमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।