भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०९-३०
- A
- A-
- A+
सिन्धुली, घ्याङलेख गाउँपालिका-४ बेलबोटबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ७२ वर्षीय सुप्रिम बहादुर थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।