जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-०१
- A
- A-
- A+
सुर्खेत, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अनिरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।