अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-०१
- A
- A-
- A+
सप्तरी, राजगढ गाउँपालिका-५ धनकी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २५ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका-४ बस्ने ४० वर्षीय देबेन्द्र मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.९ प ७७९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही महानगरपालिका-१ भट्टा चोक बस्ने २३ वर्षीय रिहान अन्सारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ बुढिया घाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-१ विजयानगर बस्ने २२ वर्षीय पारस पार्की, २८ वर्षीय केशव कुञ्जेडा र २५ वर्षीय रोहित कामी रहेका छन् । प्रहरी चौकी पचुएइबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-२ बनदेवीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २७ वर्षीय बिशाल मल्ल ठकुरी, २३ वर्षीय मन्जिल बराल मगर र २० वर्षीय अस्मिन राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भोजपुर, आमचोक गाउँपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ८७ किलो ५ सय ग्राम सहित भोजपुर नगरपालिका-५ बोखिम बस्ने ४६ वर्षीय मनिचन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोल अमन टोल डेरा गरी बस्ने भारत सितामाडी घर भएका २३ वर्षीय मनोज कुमारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।