जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८२-१०-०३
- A
- A-
- A+
मोरङ, ग्रामथान गाउँपालिका-४ जुरीखोला छेउस्थित बाँसझ्याङमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५७ वर्षीय जय किशोर साह समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।