चार थान भरूवा बन्दुक सहित तीन जना पक्राउ
२०८२-१०-०५
- A
- A-
- A+
स्याङ्जा, विरूवा गाउँपालिका-३ सिउडीबाट भरूवा बन्दुक ४ थान सहित तीन जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७८ वर्षीय तिल बहादुर पुलामी, ६८ वर्षीय मिन बहादुर पुलामी र ६८ वर्षीया खिमसरा पुलामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तिल बहादुरको घर तलासी गर्दा २ थान, मिन बहादुर पुलामीको घरबाट १ थान र खिमसरा पुलामीको घरबाट १ थान बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।