जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-१०-०५
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारी गाँउस्थित बारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामचरण चौधरी लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।