अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-१०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ नेपालटार डेरा गरी बस्ने सोही महानगरपालिका-१६ माछापोखरी घर भएका ३६ वर्षीय माधव शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२४ उन्नती टोल बस्ने ३३ वर्षीय सुदिप श्रीपालीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद १८ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ रंगशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय दामोदर केसी र २३ वर्षीय पुजन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तातोपानी गाउँपालिका-४ घर भई बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने १९ वर्षीय कमल खत्री र जुम्ला चन्द्रनाथ नगरपालिका-१० गैरागाउँ घर भएका २९ वर्षीय राजुराज न्यौपाने रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने बाँसगढी नगरपालिका-८ घर भएका ५२ वर्षीय छोटेलाल चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, वेलका नगरपालिका-९ साकेलापार्कबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो २ सय ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ मैनामैनी बस्ने २५ वर्षीय लक्ष्मीपुजन बस्नेत र ३७ वर्षीय भक्त बहादुर थापा रहेका छन् । ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरीले रामपुरबाट कोठुतर्फ जाँदै गरेको को.३५ प ४९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-६ विहानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित बुद्धशान्ती गाउँपालिका-४ बस्ने २४ वर्षीय सुमन लिम्बु समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।